अधिवक्ताको चौतर्फी दबावपछि असार २८ मै काठमाडौं जिल्ला बारको निर्वाचन हुने,  निर्वाचन समिती गठन

काठमाडौं । अधिवक्ताको चौतर्फी दबावपछि असार २८ मै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको निर्वाचन हुने भएको छ । उक्त निर्वाचनका लागि निर्वाचन समिती गठन भएको छ ।

काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको १४ जेठमा बसेको कार्यसमितिको बैठकले काठमाडौं जिल्ला बारको चुनाव असार २८ मै गर्ने निर्णय गरेको छ । यस लागि निर्वाचन सम्पन्न गर्न नेपाल बार एसोसिएसनको विधान २०४८ को धारा ४५ अनुसार निर्वाचन समिति गठन भएको छ ।

वरिष्ठ अधिवक्ता लक्ष्मण थपलिया प्रमुख निर्वाचन अधिकृत रहेको उक्त समितिमा अधिवक्ताहरु गीता श्रेष्ठ, उमादेवी प्रसाई, हरिराम लामिछाने र दीपककुमार साह निर्वाचन अधिकृत छन् ।

 

सम्बन्धित समाचार

ताजा न्यूज