काठमाडौं । तेस्रो पटकको मितिमासमेत काठमाडौं बारको चुनाव नगर्न आलटाल भइरहेको भन्दै कानून व्यवसायीले असन्तुष्टिसहितको खवरदारी गर्न थालेका छन् । यस पटक कुनै पनि बहानाबाजी नगरी तोकिएको मिति असार २८ मै चुनाव गर्न अधिवक्तहरुको दबाबसमेत सिर्जना गर्न थालेका छन् ।
अधिवक्ता दीपकराज जोशी भन्छन्, ‘काठमाडौं जिल्ला बार एसोसिएसनको निर्वाचन हुने भनेर असार २८ गतेको लागि घोषणा गरी सकिएको छ । म पनि उक्त बारको जिम्मेवार सदस्य हुँ । यसअघि पनि २ पटक चुनाव घोषणा गरेर पनि नगरी लाचार भएको थियो ।’ उनले थप भनेका छन्, ‘अहिले तेश्रो पटक पनि घोषणा गरिएको देखिन्छ । तर निर्वाचन समिति हालका मितिसम्म घोषणा नहुनेले अहिले सदस्य नवीकरणको शुल्क एकमुष्ट उम्मेदवारबाट उठाउने र निर्वाचन मंसिर तिर गर्ने भन्ने पनि सुन्नमा आएको हुँदा यस तर्फ हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।’
‘यसो गर्न कदापी पाइदैन । यसमा सबै सजग हुनु जरुरी छ । उम्मेदवारले नविकरण रकम एकमुष्ट दिएर वकिलको सदस्यता नविकरण नगरिदिनु होला । यो वकालत पेशाको मर्म र भावना विपरित हुन जान्छ । यो चुनाव जसरी पनि हुनै पर्छ र गराउनु पनि पर्छ’, जिल्ला प्रशासन कार्यालयबाट चुनाव गराउनु पर्ने बाध्यता हाम्रो लागि राम्रो नभएको प्रतिकृया जोशीले दिएका छन् ।
अधिवक्ता बाबुराम दाहालले पनि नेपाल बारको नेतृत्वले भर्खर काम सम्हाल्दै गरेको भएपनि मतदाताको अपेक्षा गरिएको प्रतिकृया दिएका छन् । उनले भनेको छन्, ‘बार लाई वकिलको,न्यायालयको,कानूनीशासनको लागि बनाउँ, बारलाई पैसाको, राजनीतिको,आदेश पालकको नबनाउँ भन्दै उनले आवाज विहीन, प्रतिकृया बिहिन,बिचरा बार हामीले खोजेको होईन भनेर टिप्पणी गरेका छन् ।’
अधिवक्ता अनिल आचार्यले काठमाडौं जिल्ला अदालत बार चुनाव विद्यार्थी राजनीतिमा मत सुरक्षित गर्ने एउटा बलियो माध्यम जस्तै भएको भन्दै उनले काठमाडौ जिल्ला अदालत बारको चुनाब पनि त्यही अवस्थामा थलापरेको उल्लेख गरेका छन् ।
उनले काठमाडौ जिल्ला अदालत बारको चुनाब २ पटक स्थगन हुनुमा पनि मतदाताको नवीकरण शुल्क सम्बन्धी विवाद जोडिएको, नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार हुने ब्यक्तिले सदस्यता नवीकरण नगराएको र पेशामा सकृय नभएको विषयमा विवाद भएको पनि उल्लेख गरेको छन् ।’
आचार्यले कडा प्रतिकृया दिँदै भनेका छन्, ‘जसको लागि लाखौं रुपैयाँ लाग्छ । त्यसको लागि कर्म कुकर्म सवै गर्नुपर्छ होला । त्यस्तो कुकर्मबाट आर्जित रकमले काठमाडौं जिल्ला अदालत बारको सदस्यता रहेका तर, पेशामा सकृय नभएका वकिलको सदस्यता नवीकरण भएपछि ती मतदाताले कसलाई मतदान गर्छन भनेर प्रश्न पनि गरेका छन् ।’
आचायले यस पटकको काठमाडाै जिल्ला अदालत बारलाई पबित्र बनाउन। वकिल भएर उम्मेदवार बन्न र वकिल भएर मतदान गर्न र सबै वकिलको छाता संस्था बनाउनुपर्ने सुझावसहित आलोचनात्मक टिप्पणीगरेका छन् ।
काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका उपाध्यक्ष पुरुषोत्तम अधिकारीले भने, ‘अहिले चुनाव हुने र ढुक्क भएर लाग्न अनुरोध गरेका छन्’, उनले भनेका छन्, ‘चुनाव गर्नकै लागि निर्वाचन समिति पनि गठन भइसकेको छ ।’
कार्यसमितिले २०८२ असार २८ गते निर्वाचन गर्ने भनी सर्वसम्मत निर्णय गरेको र निर्वाचनसम्बन्धी सूचना काजिअ बारका सचिवज्यूबाट प्रकाशित भइसकेको व्यहोरा अनुरोध छ । अन्य कुराहरू थाहा जानकारीका लागि काजिअ बार सचिवज्यूसँग सम्पर्क गर्न सकिने भनाइ अधिकारीले व्यक्त गरेका छन् ।