विमानस्थल प्रकरणमा आएका समाचार प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसम्बन्धी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित समाचारप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरू तथ्यहीन, भ्रामक र आधारहीन भएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “विमानस्थलमा भइरहेको अध्यागमन कार्यसम्बन्धी सञ्चारमा मन्त्रालयको नेतृत्व कुनै प्रकारको संलग्नता नरहेको कुरा स्पष्ट गर्दछौं।” मन्त्रालयले सञ्चारकर्मी तथा आम जनसमुदायलाई सत्यतथ्य नबुझी यस्ता सामग्री नप्रकाशन गर्न पनि आग्रह गरेको छ।

गृह मन्त्रालयले शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न मन्त्रालय निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अनियमिता तथा आपराधिक गतिविधिलाई सहन नहुने कडाइ अपनाउँदै आएको जानकारी दिएको छ।

त्यस्तै, हालै त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यमा संलग्न कर्मचारीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै, अनुसन्धानमा पूर्ण सत्यतथ्य जानकारी आउन बाँकी रहेको र मन्त्रालयले सो कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज