पोखरा विमानस्थलको छानबिन औपचारिक रुपमै अख्तियार पुग्यो, लेखाको प्रतिवेदनले कति सघाउला ?

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्ने जिम्मा अब औपचारिक रुपमै लेखा समितिले अख्तियारलाई सुम्पेको छ । अख्तियार दुरुपोग अनुसन्धान आयोग आफैले अनुसन्धान गरिरहेको विषमा लेखा समितिकोे प्रतिवेदनले केही सहयोगी होला तर अख्तियार आफैले यो विमानस्थलको विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको छ ।

उपसमितिको प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका भ्रष्टचारका विषयमा अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

उपसमितिको प्रतिवेदनमा बिमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औल्याइएको छ ।

प्रतिवेदनमा रहेका बिषयहरुलाई आवश्यक यथाशीघ्र अध्ययन, अनुसन्धान गरि कारवाही प्रक्रिया अघि बढाउने गरि अख्तियारमा पठाइने उनले बताए ।

बैठकमा एमाले सांसद योगेश भट्टराईले उपसमितिको प्रतिवेदनप्रति असहमति जनाएका छन् । उनले भ्रष्टाचारको कुरा आएपछि पोखरा बिमानस्थल निर्माणका विषयमा अख्तियारले अनुसन्धान गर्नुपर्ने उल्लेख गरे । उनले तत्कालीन पर्यटनमन्त्रीको हैसियतमा अख्तियारले आफुमाथि छानविन गरे बयान दिन जाने स्पष्ट पारे ।

त्यस्तै, कांग्रेस सांसद अर्जुन नरसिंह केसीले उपसमितिको प्रतिवेदनमा कुनै पूवाग्रह नरहेको भन्दै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

बैठकमा उपसमितिको प्रतिवेदनका विषयमा सांसदहरुबीच विवाद समेत भएको थियो । उपसमिति संयोजक राजेन्द्र लिङ्देनले प्रतिवेदन तयार पार्दा कुनै पूर्वाग्रह नराखिएको र अध्ययनको क्रममा सबै प्रक्रिया पुरा गरिएको बताए ।

उनले अध्ययन अनुगमन उपसमितिको बहुचर्चित प्रतिवेदन सार्वजनिक लेखा समितिको पूर्ण बैठकले केही भाषिक शुद्धता मिलाएर पारित गर्दै आवश्यक कारबाहीका लागि अख्तियारमा पठाउने निर्णय गरेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज