पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध ५६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । मधेश प्रदेश सरकारका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार सागरनाथ वन परियोजनाको जग्गामा अनियमित रूपमा पोखरी निर्माण गरिएको आरोपमा यो मुद्दा दायर गरिएको हो। अख्तियारले तत्कालीन आर्थिक मामिला मन्त्री विजयकुमार सहित बागमती नगरपालिका सर्लाहीका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमार मोक्तान, निलम्बित प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल विरुद्ध मुद्दा दायर गरेको हो । त्यसैगरी अख्तियारले मधेश प्रदेशको अर्थ मन्त्रालयका कानून अधिकृत गोकुल भुजेल, बागमती नगरपालिकाका इञ्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल, नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

आयोगले अनुसन्धानपछि उनीहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याएको निष्कर्ष निकालेको हो। अख्तियारले पूर्वमन्त्री विजयकुमारमाथि ३० करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । निलम्बित मेयर थापा र उपमेयर मोक्तान, निलम्बिन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेलमाथि पुरै ५६ करोड ७१ लाख रुपैयाँ विगो मागदावी छ ।

सम्बन्धित समाचार

ताजा न्यूज