इजलासमै पानी परेपछि उच्च अदालतको मुद्दा स्थगित !

पोखरा । उच्च अदालत पोखराको संयुक्त इजलासले आज हेर्न लागिएको इजलास भित्र पानी परेपछि स्थगित भएको छ। इजलास नम्बर १ मा रहेको उक्त मुद्दामा फूलबारी लिमिटेड प्रतिवादी र मालपोत कार्यालय समेत वादी रहेका थिए। सो इजलासमा आज बहसको कार्य तालिका तय भए पनि मुद्दा हावाहुरी र इजलास  भित्रै पानी परेपछि मुद्दाको सुनुवाइ प्रभावित भएको हो।

संयुक्त इजलासमा रहेका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र माननीय न्यायाधीश मेरिना श्रेष्ठको आदेश अनुसार इजलास भित्र पानी परेपछि  आजको सुनुवाइ प्रभावित भएकोले प्रस्तुत मुद्दा, लगाउ मुद्दा र बाँकी अन्य मुद्दाहरू समेत आजको पेशीबाट हटाइएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज