गभर्नर नियुक्तिमा विवाद, डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले पौडेल नेपाली कांग्रेसका महासमिति सदस्य भएकाले राष्ट्र बैंक ऐनअनुसार अयोग्य ठहरिने दाबी गर्दै रिट दर्ता प्रक्रिया अघि बढाएका हुन्।

यसअघि गभर्नर सिफारिस समितिका सदस्य रहेका पौडेलले कांग्रेसबाट गभर्नर बन्ने तयारीसँगै समितिबाट राजीनामा दिएका थिए। समितिका अर्का सदस्य महाप्रसाद अधिकारीविरुद्ध पनि गभर्नर पदमै रहँदै समिति बसेको भन्दै रिट परेको छ।

समितिका तेस्रो सदस्य डा. विजयनाथ भट्टराईले समितिलाई राजनीतिक ‘रबर स्ट्याम्प’ बनाइएको भन्दै पहिल्यै राजीनामा दिइसकेका छन्। लगातारको विवादसँगै गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा परेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज