रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा, ६० करोड बढी क्षतिपूर्ति माग

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल मन्दिरको बहुमूल्य सरकारी सम्पत्तिको लिजसम्बन्धी विवादमा तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार अदालतमा भ्रष्टाचार निवारण सम्बन्धी कसूरमा मुद्दा दायर गर्दै ६० करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गरेको हो।

रिता सिंहले नेपाल बाल संगठनको अध्यक्ष रहेका बेला संस्थाको नाममा रहेको बाल मन्दिर परिसरको अंश लिजमा दिने निर्णयमा संलग्न रहेको आरोप छ। यससम्बन्धी अनुसन्धान प्रहरीले सम्पन्न गरी फाइल सरकारी वकिलको कार्यालयमा पठाएको थियो। प्रारम्भिक रूपमा मुद्दा नचाल्ने सिफारिस भए पनि पछिल्लो पुनर्मूल्यांकनपछि मुद्दा दर्ता गरिएको हो।

सिंह सत्तारूढ नेतृ तथा हाल उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन्।

मुद्दामा प्रतिवादी बनाइएका अन्य व्यक्ति नेपाल बाल संगठनका पदाधिकारी, व्यवसायी, लिज सम्झौतामा संलग्न पक्ष तथा केही भारतीय नागरिकसमेत छन्।

मुद्दा दायर गरिएका १७ व्यक्तिहरूको सूचीः
रिता सिंह, तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, श्याम कुमार आले, दीपक दास श्रेष्ठ, राम काजी गुरुङ, प्रचण्ड राज प्रधान, सुवास कुमार पोखरेल, योगेन्द्र बहादुर शाही, पुरुषोत्तम राज जोशी, प्रविण राज जोशी, श्रद्धा संघाई, कृष्ण शंकर साह, मुरारी निधि तिवारी, सिद्धार्थ केडिया (भारतीय नागरिक), कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक), अभिनव सिंघानिया (भारतीय नागरिक)

सम्बन्धित समाचार

ताजा न्यूज