तीन दिनदेखि नीति तथा कार्यक्रममाथि छलफल जारी, आज प्रधानमन्त्रीले राष्ट्रियसभामा जवाफ दिने

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि तीन दिनदेखि छलफल जारी छ । वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्‍मा प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी हुने छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि बस्दै छन् ।

राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज