काठमाडौं । ३७ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार म्याद थपका लागि मिश्रलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।
संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौंपटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।
रवीन्द मिश्रसँगै दुर्गा प्रसार्ईंको पनि ५ दिन म्याद थपिएको छ । यस अघि मिश्रसँगै पक्राउ परेका राप्रपाका उपाध्यक्ष धवलसम्शेर राणा भने बाेलाएकाे बेला उपस्थित हुने शर्तमा रिहा भएका छन् ।