उच्च अदालत पाटनले असोज २१ गतेदेखि नियमित सुनुवाइ सुरु गर्ने

काठमाडौँ । उच्च अदालत पाटनले लामो समयदेखि स्थगित भएको नियमित मुद्दा सुनुवाइ आगामी असोज २१ गतेदेखि सुरु गर्ने भएको छ।

भदौ २४ गतेदेखि विद्यमान असहज परिस्थितिका कारण रोकिएको सुनुवाइ पुनः सञ्चालन गर्न अदालतले तयारी गरेको हो। अदालतको सूचनाअनुसार असोज ५ गते प्रकाशित हुने साप्ताहिक पेशी सूची हेर्न सरोकारवालालाई अनुरोध गरिएको छ।

सूचनामा भनिएको छ, “मिति २०८२ भदौ २४ गतेदेखि हालसम्म यस अदालतको नियमित सुनुवाइ हुन नसकेको सर्वविदितै छ। स्थगित भएको सुनुवाइको कार्य मिति २०८२ असोज २१ गते मंगलबारदेखि प्रारम्भ हुनेछ।”

सम्बन्धित समाचार

ताजा न्यूज