डा. टेक बहादुर घिमिरेलाई नेपाल सरकारको तर्फबाट प्रशासकीय अदालतको अध्यक्ष सिफारिस

काठमाडौं । न्याय परिषद्ले नेपाल सरकारको तर्फबाट प्रशासकीय अदालतको अध्यक्ष पदमा महान्यायधिवक्ता डा. टेकबहादुर घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको छ।

प्रशासकीय अदालत ऐन २०७६ को दफा ३ को उपदफा (१) को खण्ड (क) अनुसार कानूनी प्रावधानका आधारमा घिमिरेलाई सिफारिस गरिएको हो। न्याय परिषद्को निर्णय २०८१ साउन २१ गतेको बैठकबाट भएको हो।

परिषद्का प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा डा. घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्ष पदमा नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस गरिएको उल्लेख गरिएको छ।

  • यो समाचारमा केही प्राविधि त्रुटि भएका कारण सच्याइएको छ । -सम्पादक

सम्बन्धित समाचार

ताजा न्यूज