दुर्गा दुर्गा प्रसाईंसहित चार जनालाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको अभियोगमा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चार जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो। अदालतले प्रसाईंलाई २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भनेको छ भने, सोही अभियोगमा थुनामा रहेका सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटी तोकेको छ। दण्डपाणि रेग्मीलाई भने १० हजार रुपैयाँ धरौटीमा छुट दिने निर्णय गरिएको छ।

गत चैत १५ गते राजधानीमा भएको राजसंस्थाको पुनर्स्थापनाको मागसहितको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले कडा हस्तक्षेप गरेको थियो। सो क्रममा सबिन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो भने कम्तीमा १९ जना गोली लागेर घाइते भएका थिए।

अदालतको यो निर्णयसँगै हाल बहसको केन्द्रमा रहेका प्रसाईंको मुद्दा फेरि एकपटक सार्वजनिक चासोको विषय बन्न पुगेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज