बलात्कार आरोपमा पक्राउ परेका पूर्व प्रदेश प्रमुख अहिराजविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। साउन ४ गते पक्राउ परेका झाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो।

पीडित महिलाले दिएको जाहेरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको थियो। त्यसकै प्रतिवेदनका आधारमा झाविरुद्ध मुद्दा अगाडि बढाइएको हो। अनुसन्धानका क्रममा पीडितले २०८१ जेठ ४ गते नयाँ बानेश्वरस्थित डेरामा झाले बलात्कार गरेको बताएकी छिन्। डेरामा एक्लै रहेको समयमा उनी जबर्जस्ती प्रवेश गरी बलात्कार गरिएको विवरण उजुरीमा उल्लेख छ।

झाविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ बमोजिम अनुसन्धान भएको हो। सोही दफाको उपदफा २ को खण्ड (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिका महिलामाथि बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ। त्यसअनुसार अभियोजनको मागसहित मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

बलात्कारजस्ता गम्भीर मुद्दामा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था भए पनि अहिराजविरुद्ध भने ९ दिनमै अभियोजन प्रक्रिया अघि बढाइएको छ। यसरी छोटो समयमा मुद्दा दर्ता हुनुका कारण र प्रक्रियाप्रति केही प्रश्नहरू उठेका छन्।

अहिले झा प्रहरी हिरासतमा छन् भने मुद्दा सम्बन्धी कारबाही अघि बढ्नेछ।

 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज