काठमाडौं । भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई सहकारी ठगी अभियोगमा पर्सा जिल्ला अदालत लैजाने तयारी गरिएको छ।
पर्साको ‘सानो पाइला बचत तथा ऋण सहकारी संस्था’सँग जोडिएको ठगी मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएपछि अदालतले कारागारबाट झिकाई बयान र थुनछेक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
पर्सा जिल्ला अदालतका सूचना अधिकारी रामनरेश महतोका अनुसार कारागारमै रहेका व्यक्तिलाई सम्बन्धित कारागारसँग समन्वय गरेर झिकाइने प्रक्रिया सुरु भइसकेको छ। “अदालतले चाँडै पत्र काट्छ,” महतोले भने, “केही दिनमै उनीहरूलाई पर्सा ल्याइन्छ।”
सानो पाइला सहकारी ठगीको दोस्रो चरणको अभियोगमा रवि, छविलगायत २९ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये २५ जना फरार छन्। उनीहरूका हकमा सरकारी वकिल कार्यालयले अदालतमा म्याद जारी गर्न माग गरिसकेको छ।
बाँकी चारजना भने अन्य ठगी मुद्दामा विभिन्न कारागारमा थुनामा छन्—रवि र छवि रूपन्देहीमा, रामबहादुर खनाल र प्रमोद भट्टराई कास्कीमा। अदालतले एउटै कारागारमा रहेका दुईजनालाई एकसाथ, अन्य दुईलाई पछि बोलाउने तयारी गरेको छ।
सरकारी अभियोग अनुसार, रविले सन् २०७८ साउन १८ गते ‘सानो पाइला सहकारी’मा सदस्यता लिएर सोही दिन बचत खाता खोले र भोलिपल्ट १ करोड ५० लाख रूपैयाँ ऋण निकासा गराएका थिए।
उक्त रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको छ, जसको सञ्चालकसमेत रवि स्वयं थिए। आरोप अनुसार, उनले आफ्नो ठेगाना अपुरो रूपमा ‘बागमती, काठमाडौँ’ मात्रै उल्लेख गरी ठगी नियत देखाएका छन्।
ब्याजसहित उक्त ऋणको कुल रकम २०७९ साउन ११ गतेसम्म १ करोड ८६ लाख रूपैयाँ पुगिसकेको थियो। तर रविले सो रकम फिर्ता गरेका छैनन्। बरु, उक्त ऋण गितेन्द्रबाबु ९जीबी० राईको नाममा ट्रान्सफर गरिएको देखिन्छ।
अभियोगपत्रमा भनिएको छ—रविले सहकारीको रकम प्रचलित कानुनविपरीत हिनामिना गरी गोर्खा मिडिया नेटवर्कमार्फत प्रयोग गरेका छन्। सहकारीको कर्जा अभिलेख, चेक भुक्तानी विवरण, र अन्य प्रमाणले रविको संलग्नता पुष्टि गर्छ।
आफ्नो खातामा अस्वाभाविक रूपमा रकम जम्मा हुँदा र बारम्बार भुक्तानी दिँदा समेत स्रोतबारे अनभिज्ञता देखाउनु बदनियतपूर्ण व्यवहार भएको उल्लेख छ। पूर्व डीआईजी छविलाल जोशीले समेत
सरकारी दावी अनुसार, रविको नाममा व्यक्तिगत रूपमा १ करोड ४७ लाख ४८ हजार रुपैयाँ बिगो देखाइएको छ। सामूहिक जिम्मेवारीमा ३ करोड २ लाख ३२ हजार र मौज्दात रकमसम्बन्धी थप ५ करोड ७४ लाख ३० हजार रुपैयाँ गरी कूल बिगो ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ पुग्छ।
अन्य मुद्दा र थुनाको अवस्था
रवि र छवि हाल रूपन्देहीको सुप्रिम सहकारी प्रकरणमा थुनामा छन्। रविलाई उच्च अदालत बुटवल इजलासले थुनामा राख्न आदेश दिएको हो, जुन आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरिसकेको छ। छविलाई पनि जिल्ला अदालत रूपन्देहीको आदेशमा थुनामा राखिएको छ।
उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा चितवन, र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीलगायतका प्रकरणमा पनि मुद्दा दायर भइसकेको छ। बुटवल बाहेक अन्य जिल्लाले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि सरकारी वकिल उच्च अदालतमा गएपछि मुद्दा अझै टुंगिएको छैन।
रविले आफूलाई काठमाडौँस्थित डिल्लीबजार कारागारमा सार्न माग गरेका छन्। प्रशासन र अदालतले स्वीकृति दिइसके पनि कारागार व्यवस्थापन विभागले निर्णय नगरेर प्रक्रिया अड्किएको छ।
सरकारी पक्षले रवि र छविलाई सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कारबाही गर्न माग गरेको छ। अदालतले अब उनीहरूलाई पर्सा झिकाएर बयान र थुनछेक प्रक्रिया अघि बढाउने तयारी गरेको छ।