काठमाडौं । २८ दिनदेखि सडक आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार साँझ शिक्षकहरू र सरकारबीच सहमति भएसँगै शिक्षकहरु विहीबार देखि नै विद्यालय फर्कने भएका छन् ।
शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री, शिक्षक महासंघ तथा विपक्षी दलका प्रतिनिधिसहितको वार्तापछि सहमति सरकारले सहमति गरेको हो ।
बुधबार भएको सहमति मन्त्रिपरिषद् बैठकपछि मात्रै सार्वजनिक गर्ने सहमति भएको छ। विभिन्न ९ वटा बुँदामा सहमति भएकाे भनिएपनि के के माग सम्बोधन भयो भन्ने विषय पनि खुलाइएको छैन् ।
शिक्षकसँग भएको सहमति मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने भएको छ।
शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए। सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने भएको छ ।